मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : आयोग


काठमाडौँ, १ जेठ
निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनाकार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गर्नुभएको हो । 

उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति