तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार भएका यादवबहादुर खापुङ विजयी भएका हुन् । गुरुङले गठबन्धनका उम्मेदवार धनकुमार लिम्बुलाइ पराजित गरेका हुन् ।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट गितादेवी तिमल्सिना विजयी भएक छन् । उनले एमालेकी प्रेमलता घिमिरेलाइ पराजित गरेका हुन् ।
एमालेले १, ४, ५ र ६ नम्बर वडामा पनि जितेको छ । बाँकी वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन ।
एमालेबाट वडा नम्बर ६ मा प्रदीपकुमार बुढाथोकी, वडा नम्बर ५ मा दोजराज गौतम, वडा नम्बर ४ मा कविन्द्रकुमार लिम्बु र वडा नम्बर १ मा डम्बरबहादुर लिम्बु विजयी भएका छन् ।
प्रतिक्रिया