स्थानीय तह निर्वाचनअन्तर्गत २५ पालिकामा मतगणना सकिएको छ । मतगणना सकिएका २५ मध्ये १० पालिकामा जित हासिल गरेर एमाले अग्रता स्थानमा छ । एमालेलाई टक्कर दिइरहेको कांग्रेसले अहिलेसम्म ९ वटा पालिकामा जितेको छ । यस्तै, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।
को कहाँ भए विजयी ?
एमाले विजयी भएका पालिका
१। मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले
२। मनाङको चामे गाउँपालिका, अध्यक्ष लोकेन्द्रबहादुर घले
३। मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका, अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
४। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, अध्यक्ष रिङजिन नामगेल गुरुङ
५। मुस्ताङको लोमान्थाङ गाउँपालिका, अध्यक्ष टसी न्वर्वु गुरूङ
६। डोल्पाको से फोक्सुण्डो गाउँपालिका, अध्यक्ष धावा सम्डुङ गुरुङ
७। बझाङको साइपाल गाउँपालिका, अध्यक्ष मानबहादुर बोहरा
८। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, अध्यक्ष मिङ्मा छिरी शेर्पा
९। नवलपुरको बौदीकाली गाउँपालिका, अध्यक्ष प्रकाश ओझा
१०। बझाङको थलारा गाउँपालिका, अध्यक्ष प्रकाश रोकाया
कांग्रेस विजयी भएका पालिका
१। मनाङको नार्पाभूमि गाउँपालिका, अध्यक्ष कोन्जो तेन्जिङ लामा
२। मनाङको नासोँ गाउँपालिका, अध्यक्ष धनबहादुर गुरुङ
३। मुस्ताङको घरपोझङ गाउँपालिका, अध्यक्ष मोहनसिंह लालचन
४। गुल्मीको रेसुङ्गा नगरपालिकामा, अध्यक्ष खिलध्वज पन्थी
५। डडेल्धुराको गन्यापधुरा गाउँपालिका, अध्यक्ष इन्द्रबहादुर कार्की
६। गुल्मीको गुल्मीदरबार गाउँपालिका, अध्यक्ष सरोजकुमार थापा
७। डोटीको बडिकेदार गाउँपालिका, अध्यक्ष भैरवबहादुर साउद
८। हुम्लाको खार्पुनाथ गाउँपालिका, अध्यक्ष कर्णबहादुर रावल
९। बागलुङको तमानखोला गाउँपालिका, अध्यक्ष जोकलाल बुढा
माओवादी केन्द्र विजयी भएका पालिका
१। डोल्पाको जगदुल्ला गाउँपालिका, अध्यक्ष नारसिङ रोकाय
२। दैलेखको नौमुले गाउँपालिका, अध्यक्ष छविराम सुवेदी
३। बागलुङको ताराखोला गाउँपालिका, अध्यक्ष धनबहादुर विक
४। दार्चुलको अपिहिमाल गाउँपालिका, अध्यक्ष भगतसिंह ठेकरे
एकीकृत समाजवादी विजयी पालिका
१। डोल्पाको छार्का साङ्तोङ गाउँपालिका, अध्यक्ष सेनाङ गुरुङ
२। डोल्पाको काइके गाउँपालिका, अध्यक्ष अंगदकुमार राना
प्रतिक्रिया