पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित

काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।
स्याङजाको वालिङ नगरपालिका–१ मा एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग पछि परेका हुन् ।
विजयी उम्मेदवार कांग्रेसका सम्भव अर्यालले १ हजार १ सय १२ भोट ल्याएका थिए भने पौडेलले ६४५ भोट पाए । यस वडामा १८३४ भोट खसेको थियो । वालिङकाृ १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडा एमालेले जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति