नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका ओझा निर्वाचित

नवलपुर, १ जेठ । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।

उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति