सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी

काठमाडौं, १ जेठ । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ।एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो।अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याए।उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाइन्।

यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति