काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनीको नगर प्रमुख र उपप्रमुखमा सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) का उम्मेदवारले अग्रता लिएका छन् ।
नगर प्रमुखका उम्मेदवार वीरेन्द्र माझीले १ हजार ६ सय २२ मत प्राप्त गर्दै अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहले ८ सय ९४ मत ल्याएका छन् ।
त्यस्तै नगर उपप्रमुखमा पनि जनमत पार्टीकै रेखादेवी मण्डलले १ हजार ६ सय २ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा समाजवादीकै सरितादेवी यादव सिपालिया ९ सय ६८ मतका साथ मण्डलसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।
प्रतिक्रिया