भरतपुरमा २९६८ मतगणना : रेणु दाहाललाई ९८ मतको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति