हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका रावल विजयी

हुम्ला । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको यो पालिकामा अध्यक्षमा रावलले एक हजार आठ सय १० मत ल्याएर विजयी भएका हुन् ।

साथै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् ।

यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भएका छन् । उनले १ हजार ८७२ मत ल्याएका छन्।

यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति