नौमुलेमा माओवादी–समाजवादी तालमेल सफल, अध्यक्ष–उपाध्यक्ष दुवै पदमा विजयी

दैलेख । दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तालमेल सफल भएको छ ।

दुई दल तालमेल गरेर चुनावी अभियानमा होमिएका थिए । अध्यक्षमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् ।

सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए ।

यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगाबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो।

दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति