काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गर्दै अगुवाई गरिरहेका छन् ।
अहिलेसम्म ४ हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।
त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया