देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित


डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन् । अध्यक्षमा विजयी कार्कीले ३ हजार १ सय ८४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले १ हजार ७ सय ३ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार सेठीले ३ हजार १३ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका इन्द्र महराले १ हजार ७ सय ३ मत प्राप्त गरे । सो पालिकामा एमालेले कांग्रेस वीपीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

कांग्रेस सभापति देउवाको पालिकामा कांग्रेसले जितेपनि वडामा भने कांग्रेस वीपीले क्लीन स्वीप गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति