पोखरामा गठबन्धनको अग्रता

पोखरा । पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ ।

सुरुवाती डेढ सय मत गन्दा एकीकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् ।

वडा नम्बर १ मा गठबन्धन र १२ मा एमाले अघि देखिएका हुन् । वडा नम्बर १ को ५० मत गणना भएको छ ।

उपमेयरमा नेपाली कांग्रेकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् । यो वडा यसअघि एमालेले जितेको वडा हो ।

१२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनले २६ मत छ । १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति