प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवारले हार्यो

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वडामा कांग्रेसका उम्मेदवारले हारेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ।

देउवाको समेत वडा रहेको यहाँ कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाए ।

कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board