मुस्ताङको लोमान्थाङमा एमाले विजयी

पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।  

उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमिले ६३२ मत पाउँदा छिरिङले ५३८ मत मात्रै पाएकी छिन् । वडातर्फ ३ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ । यो कांग्रेसको गढ मानिने पालिका हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति