दैलेखबाट नेमकिपाले एक वडामा प्यानलसहित विजयी

काठमाडौँ, ३१ बैशाख । भक्तपुर नगरपालिकामा परम्परागत प्रभाव रहेको नेपाल मजदुर किसान पार्टीले दैलेखको बिन्द्रासैनी नगरपालिकाको एउटा वडामा विजय हासिल गरेर विजयको खाता खोलेको छ।

दैलेखको चामुण्डा–बिन्द्रासैनी नपा–१ मा वडा अध्यक्षसहित प्यानलकै विजयका साथ नेमकिपाले विजयको सुरुवात गरेको नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले बताएका छन्।

उनका अनुसार, नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार उदय विक प्यानलसहित विजयी भएका हुन्। नेमकिपाबाट विजय हुने वडासदस्यमा गोरख केसी, सुरेन्द्र शाही, लाली सारुमगर र गौरा नेपाली छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति