बुटवलमा कांग्रेसले बनायो फराकिलो मतान्तर

काठमाडौं, ३१ वैशाख । बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् ।

१४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् । पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चिनबहादुर गुरूङले २४३ मत ल्याएका छन् । गुरुङ एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board