बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो पछि उनीहरु घर जान्छन् म विजयी उत्सव मनाएर मात्रै फर्किन्छुः स्थापित

काठमाडौँ, ३१ बैशाख । महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।

सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् । सुरुवाती चरणमा बालेन शाहको पहिलो मत आइरहका बेला स्थापितले भने, ‘म त अहिले एल्लो प्यागोडामा छु, राष्ट्रियसभा गृहतिर केही मानिसहरु हल्ला गर्दैछन् रे, ती बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो, त्यसपछि उनीहरु घर जान्छन् त्यसपछि म जान्छु । विजयी उत्सव मनाएर मात्रै फर्किन्छु ।’

अहिले एक हजार मत नै गनिएको छैन, लाखौँ भोट गन्न बाँकी छ’ उनले भने, ‘अहिले नै धेरै बोल्नु राम्रो हुँदैन ।’ अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । उनले ३०२ मतले अग्रता कायम गरेका छन् । केशव स्थापितको २०६ मत रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति