ललितपुर महानगरमा कांग्रेसको अग्रता

काठमाडौं, ३१ वेशाख । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।

महर्जन अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए ।

कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति