ललितपुर महानगरमा कांग्रेसको अग्रता

काठमाडौं, ३१ वेशाख । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।

महर्जन अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए ।

कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board