भरतपुर महानगरपालिकाको मतगणना सुरू

चितवन, ३१ वैशाख । चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहान झण्डै १२ बजे महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो।

एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए । यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् ।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिकामा कूल जनसंख्या ३,६९,३७७ रहेको छ भने कुल मतदाता संख्या १,८५,७५२ रहेको छ । जसमा ८८,८८४ पुरुष र ९६,८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति