माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

रौतहट, ३१ वैशाख । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति