काठमाडौंमा एउटा मतपत्र गन्न नै २० मिनेट

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ ।

महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति