बाग्लुङ । बाग्लुङको निसिखोला गाउँपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ ।
एमालेका गाउँपालिका अध्यक्षले १५४ मत ल्याउँदा गठबन्धनले १८४ मत प्राप्त गरेको छ।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनको १७४ मत ल्याएको छ भने एमालेले १५९ मत प्राप्त गरेको छ।
गठबन्धनबाट पालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार एमालेसँगको प्रतिस्पर्धामा छन्।
निसिखोला १ मा ४०० मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार १७३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया