चितवन । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा फेरि विवाद भएको छ । कुर्सी राख्ने कि बेन्च भन्ने विषयमा विवाद भएको हो ।
सोही विवादका कारण मतगणनामा ढिलाई भएको हो । छलफलपछि कार्पेट ओछ्याउने सहमति भएको छ ।
मतगणना स्थलमा गठबन्धन दलले कुर्सी राखेको थियो, त्यसको एमालेले विरोध गरेर त्यसको सट्टामा बेञ्च राख्न आग्रह गरेको थियो । तर मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बेञ्च राख्दासमेत गणनामा अप्ठेरो हुने भनेपछि एमाले र गठबन्धन दल कार्पेट ओछ्याउनेमा सहमत भएका हुन् ।
मतगणना स्थलमा कार्पेट ओछ्याइसकेपछि मतगणना सुरु हुनेछ ।
प्रतिक्रिया