रोल्पा । रोल्पाको माडी गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनको उम्मेदवारले अग्रता बनाएका छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनको घर रहेको सो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रस गठबन्धनका उम्मेदवारले अग्रता बनाएको हो ।
गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगर यहाँ गठबन्धनका उम्मेदवार भन्दा ८ मतले पछि छन् । उनले ४ सय ८ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा भने माओवादी केन्द्रकी जयपुरी घर्तीले ४ सय १२ मत सहित अग्रता हासिल गरेकी छन् । उनलाई कांग्रेस–एमाले गठबन्धनका गठबन्धनका उम्मेदवारले ३ सय ७४ मतसहित पछ्याइरहेका छन्।
स्मरणीय छ, माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ माडीचौर यहीँ गाउँपालिकामा पर्छ।
प्रतिक्रिया