खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

२०० मत गणना हुँदा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ७७, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ८१, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६४ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६१, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ४६ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले ४० मत ल्याएका छन् । 

दिप्रुङमा शुक्रबार मध्यराति १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति