सल्यान । कुमाख गाउँपालिका मध्यराती १२ बजेदेखि मतगणना शुरू भएको छ। बिहान ५:१५ बजेसम्म ५०० मत गन्दा माओवादी केन्द्रको अग्रता रहेको छ।
गापा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मत प्राप्त गर्दा कांग्रेस(एमाले गठबन्धन मानबहादुर बुढाथोकीले २५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका धनसरा मल्लको २८४ मत रहेको छ भने कांग्रेस-एमाले गठबन्धन लालबहादुर रावतले २१९ मत प्राप्त गरेका छन्।
मतगणना वडा नं १ बाट शुरू गरिएको छ। जसअनुसार माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार डिल्ली रानाले ३१८ मत लिएका छन् भने कांग्रेस(एमाले गठबन्धनका प्रेम बहादुर बुढाथोकीले २०९ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया