मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेले १०४ मत पाउदा गठबन्धनका उम्मेदवारको ५१ मत छ । वडाध्यक्षमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत छ ।

मालारानी गाउपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा सहितको गठबन्धन भएको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति