गठबन्धनलाई पछि पार्दै चितवनको कालिका नगरपालिकामा एमालेको सुरुवाती अग्रता

चितवन । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै एमालेले सुरुवाती अग्रता लिएको छ ।

नगरपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको छ । मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन् भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी बिमला लामाले ८१ र नेकपा माओवादी केन्द्रकी सविता लामाले ७२ मत प्राप्त गरेकी छन ।

त्यस्तै वडा नम्बर १ को अध्यक्ष पदमा नेपाली काँग्रेसका सन्तवीर स्याङ्तानले ९४ र एमालेका बुद्धि बोम्जनले ८१ मत प्राप्त गरेका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति