मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका लामा विजयी

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्।

उनले १५८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन् । खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।

नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो ।

०७४ को चुनावमा स्वतन्त्र उठेर उपाध्यक्ष बनेका कोन्जो तेन्जिङ लामा नै अहिले काँग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति