संस्कृतिविद् जोशीले १०३औं जन्मदिन मनाए, स्वास्थ्य समस्याका कारण मतदान दिएनन्

काठमाडौँ, ३० वैशाख । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाएका छन् ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाइएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए । जोशीलाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति