बझाङको सुनिपिपलमा झडप, मतपत्र च्यातियो

बझाङ, ३० वैशाख । बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।

सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति