डडेल्धुराको रुवाखोलाबाट प्रधानमन्त्रीले गरे मतदान

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा पुगेर मतदान गरेका छन्।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा केही बेरअघि मतदान गरेका हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेको देउवा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम मावि भवन मतदान स्थलमा मतदान गर्दै आएका छन्।

उनी शुक्रबार बिहान कैलालीको धनगढीबाट मतदान गर्न रुवाखोला गएका थिए।

देउवा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधनका लागि वैशाख २६ गते पनि गन्यापधुरा पुगेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति