देशभर मतदान जारी : विभिन्न जिल्लामा झडप – कतै निर्वाचन अधिकृत कुटिए, कतै सेना परिचालन

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज देशभर मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ । अधिकांश ठाउँमा शान्तिपूर्वक रुपमा मतदान भैरहेको छ । यद्यपी, कतिपय जिल्लामा भने दुई पक्षबीच झडपका घटना भएका छन् ।

दोलखा, बारा र हुम्लाका केही मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रण गर्न सेना परिचालन गरिएको छ ।झडपपछि दोलखाको वैत्यश्वर गाउँपालिका–३ मा मतदान स्थगित भएको छ। मतदानकै बीचमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अहिले सेनाले मतदानस्थल नियन्त्रणमा लिएको छ ।यसैगरी हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

त्यहाँ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो ।यस्तै, बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । अहिले ती दुवै ठाउँको मतदान रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति