हुम्लाको चंखेलीमा झडपमा मतदान अधिकृत घाइते, ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्ला, ३० वैशाख । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।

गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति