पोखराका मेयरका उम्मेदवारहरू तीनजनाले गरे मतदान

पोखरा ३० वैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी माविका मतदान केन्द्रमा मतदान गरेका हुन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ति उदय माविको मतदान केन्द्रमा मतदान गरे भने अटेरी अभियानका तर्फबाट मेयरका उम्मेदवार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी माविको केन्द्रको मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा महानगरपालिकामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको छ ।
पोखरामा एमाले र गठबन्धनका बीचमा प्रतिस्पर्धा हुन गइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति