पूर्वमन्त्री बस्नेत सवार गाडी एम्बुलेन्सँग ठोक्किँदा नौ जना घाइते

काठमाडौँ । दाङमा बिहीबार दिउँसो पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता टेकबहादुर बस्नेत सवार गाडी एम्बुलेन्ससँग ठोक्किएको छ । दुई वटा गाडी ठोक्किएर भएको दुर्घटनामा बस्नेतसहित नौ जना घाइते भएका छन् ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्वसामान्य प्रशासनमन्त्री बस्नेत सवार बा८च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको एम्बुलेन्स आपसमा ठोक्किएका थिए ।

बिहीबार दिउँसो साढे दुई बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएको इलाका प्रहरी कार्यालय तुसलीपुरले जनाएको छ ।

बस्नेतको टाउको र पछाडिको गर्दनमा गाडीको सीसाले काटेर चोट लागेको छ । सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी बोलेरो चालक सल्यानको बाघचौर नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय रमेश वली, बाघचौर–८ का ५७ वर्षीय नेता बस्नेत, कपुरकोट गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रूकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय कालिभान खत्री, सोही ठाउँका ७६ वर्षीय डिलु खत्री, मुसिकोट नगरपालिका–५ का २१ सुवास शर्मा, सोही ठाउँका ३२ वर्षीय शम्भुप्रसाद शर्मा, सोही ठाउँका ४२ वर्षीय श्यामप्रसाद शर्मा र सोही ठाउँकै २६ वर्षीया राधिका शर्मा घाइते भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board