प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भइ हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् ।

प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्धतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टि हुन आएकाले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णयअनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board