सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

सुर्खेत, २९ वैशाख । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् ।बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।
प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।‘नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौं । १० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाउँछौं,’ डीएसपी घर्तीले भने ।घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति