एमाले उपमहासचिव गुरुङलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एक अनलाइनमा प्रकाशित समाचार सामाजिक सञ्जालमा सेयर गर्दै गुरुङले एमाले उम्मेदवारका लागि भोट मागेका थिए । उनको एकाउन्टबाट बुधबार बिहान सवा ८ बजे भिडियो पोष्ट गरी आचारसंहिताविपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।आयोगले गुरुङलाई सोधिएको प्रश्नमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारबाही गर्नु नपर्ने हो ?’ निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ ‍९घ० बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति