धादिङमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, घाइते ३ जनालाई काठमाडौं ल्याइयो

धादिङ, २९ बैशाख । धादिङमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नीलकण्ठ नगरपालिका–६ भोर्लेमा झडप हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताए ।गएराति मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा दुई समूहबीच झडप भएको थियो । घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति