आज ६७ हजारले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको रेकर्डअनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् ।

बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत् २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारले थानकोट र कोटेश्वरबाट बस रिजर्भ गरेर आफ्ना क्षेत्रका स्थानीयतर्फ गइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति