सुरक्षा चुनौती : बुटवलको मिलनचोकमा बम बिस्फोट

काठमाडौं, २८ बैशाख । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।

बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति