‘अवतार-२’को टिजरकाे २४ घण्टामा १४ करोड ८६ लाख अनलाईन भ्युज

काठमाडौं । सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ ।

डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३ मिलियन पटक हेरिएको उल्लेख छ । ‘अवतार-२’ को अनलाइन भ्युज स्टारवार्स फिल्म ‘स्टार वार्स स् द राइज अफ स्टाइवाकर’भन्दा उच्च हो ।

‘अवतार २’को यो भ्युजमा युट्युब र अन्य सामाजिक सञ्जालको तथ्यांक उल्लेख छैन । कतिपय मुलुकमा यसैसाता रिलिज भएको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’सँगै ‘अवतार २’को टिजर प्रदर्शन भएको थियो ।

यसअघि रिलिजको २४ घण्टामा एफ-९ः द फास्ट सागालाई २०२.७ मिलियन, ब्ल्याक विडोलाई ११६.८ मिलियन, इन्क्रेडिबल्स २ लाई ११३।१ मिलियन र राइज अफ स्काइ वाकरलाई ११२.४ मिलियन पटक हेरिएको थियो ।

‘अवतार २’ नेपालमा पनि पुस १ गते रिलिज गर्ने तयारी छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ले विश्व बक्स अफिसमा २।८४ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्ड राखेको थियो । सेप्टेम्बर २३ मा फिल्मको पुनः प्रदर्शन हुँदैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board