इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु

एजेन्सी/ इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ। समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो। अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ। उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति