दार्चुलामा झडप, अध्यक्षका उम्मेदवार घाइते

दार्चुला, २८ वैशाख। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् ।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति