काठमाडौं, २८ बैशाख । यहि बैशाष ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट गाउँ फर्कनेको भिड लागेको छ । काठमाडौंमाबाट बाहिरीने नाका कोटेश्वर , जडिबुटी ,बल्खु, कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भीड लागेको हो ।
मतदानका लागि गाउँ फर्कनेको भीडले दसैं, तिहार जस्ता ठूला पर्वको झल्को दिएको छ । राजधानीबाट बाहिरिने मुख्य नाकाहरुमा सावारीसाधानको चाप अत्यधिक बढेको छ । मतदानका लागि गाउँ जानका लागि विभिन्न राजनीतिक दलले सवारीसाधन रिजर्भ गरेका छन् ।

प्रतिक्रिया