काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।प्रचण्डलाई चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।मतदातालाई धम्क्याउने उद्देश्यले दिएको सो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै आयोगमा निवेदन परेको थियो ।
यस्तै कांग्रेस नेतृ देउवालाई गठबन्धन उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयहरू बोलेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।उनीहरूको विरुद्ध उजुरी परेपछि आयोगले २४ घण्टाभित्र जवाफ माग गर्दै पत्र पठाएको हो ।
प्रतिक्रिया