मतपेटिका सहित मतदानस्थलमा खटिए कर्मचारी (फोटो फिचर)

काठमाडौं, २७ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले निर्वाचनका लागि आवश्यक सामान लिएर मतदान स्थलमा पुगेका छन् ।

काठमाडौंको जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कर्मचारीहरुको भिड थियो । उनीहरुले निर्वाचनका लागि आवश्यक सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै थिए ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिइरहेका निर्वाचन आयोगले जनाएको छ ।

नयाँ मतदाता र परिचयपत्र हराएका मतदाताहरुलाई वैशाख २८ र २९ गते मतदानस्थलबाटै परिचयपत्र वितरण हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति