बुढानिलकण्ठ नपा ९ को वडा सदस्यमा युवा समाजसेवी कार्कीको उम्मेदवारी

काठमाडाै, २७ बैशाख । युवा समाजसेवी श्याम कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा समस्यमा उम्मेदवारी दिएका छन् ।

युवावर्गलाई प्रतिनिधित्व गर्दै आफ्नो गाउँ टोलको सेवागर्ने उद्देश्य राख्दै कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हुन् । त्रिभुवन विश्व विद्यालयबाट कन्ल्फीक्ट एण्ड पिस म्यानेजमेन्टमा स्नातकोत्तर तहमा अध्ययनरत कार्की विसं २०६० देखि नेपाली कांग्रेससँग सम्बन्धीत भएर समाजिककार्यमा सक्रियहुँदै आएका छन् ।

कांग्रेस पार्टीको तर्फबाट खुला सदस्यको उमेदवार बनेका कार्कीले नेपाल विद्याथी संघमा रहेर सक्रिय भुमिका समेत निर्वाह गरिसकेको छन् । हाल उनी काठमाण्डौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्यहुन् । कार्कीले आफ्नो वडामा सकारात्मक सुधार तथा विकासका लागि उम्मेदवारी दिएको बताए । सामाजिक काम गर्न र समाजको विकास गर्न पनि वडा सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ ।राजनीति मार्फत देश र समाजको विकास गर्न सकिने भएकाले वडा सदस्यबाट पहिलो पाइला सुरु गरेको कार्कीको भनाई छ । गाउँ टोलको संस्कृति जर्गेना गर्दै शिक्षा र स्वास्थ्यक्षेत्र आफ्नो प्राथमिकतामा पर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति